सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरे।

यसअघि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका तर्फबाट प्रदेशमा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए ।

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here