अर्जेन्टिनालाई विश्वकप जिताउने स्कालोनी फिफाको उत्कृष्ट प्रशिक्षक मनोनयनमा

एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको फाइनल तीन सूचीमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सफल लियोनल स्कालोनी, रियाल मड्रिडका कार्लो एन्सेलोटी र म्यानचेस्टर सिटीका पेप गार्डियोला परेका छन् ।

पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र फिफाको आधिकारिक वेबसाइटमा मतदान गर्ने समर्थकहरू सम्मिलित अन्तर्राष्ट्रिय निर्णायकहरूले छनोट गरेका हुन् ।

फिफा अवार्डमा ८ अगस्ट २०२१ देखि १८ डिसेम्बर २०२२ सम्मको अवधिमा पुरुषतर्फको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकलाई मान्यता दिइन्छ । विजेताको घोषणा २७ फेब्रुअरी २०२३ मा पेरिसमा हुने अवार्ड समारोहमा गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here