निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह

काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ ।

माघ १६ मा धनुषा जिल्ला अदालतमा तीन वर्षसम्म प्रेम चलेको र उमेर नपुगेकै कारण विवाह नगरिएको स्वीकार मिलापत्रमा गरिएको थियो । दुवै जना पतिपत्नीको सम्बन्धमा रहेर छोरा जन्मिएको स्वीकार गरिसकेका छन् । उनीहरूका पहिल्यै एक छोरा छन् ।

आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन् । शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए । शिवराजको परिवार र निहारिकाका केही साथीहरू विवाहमा उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here