कृषि, उद्यम र व्यवसाय प्रवद्र्धनमा धेरै ब्याज लिन नपाइने, १५ लाख भन्दा कमको ऋणमा २ प्रतिशत मात्र प्रिमियम

काठमाडौं २२, साउन । १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जामा बैंक तथा वित्तीय संस्थाले महङ्गो ब्याज लिन नपाउने भएका छन् । मौद्रिक नीतिमार्फत गरिएको सो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको छ ।

सो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कृषि, उद्यम र व्यवसाय प्रवद्र्धनमा आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ऋणको ब्याज तोक्न पाउने भएका छन् । यसअघि ती क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाले महङ्गो ब्याज लिदै आएका थिए ।

उत्पादन मुलक क्षेत्रमा प्रवाह हुने साना कर्जालाई सरल र सहज बनाउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

१५ लाख रुपैयाँ भन्दा कमको कर्जामा बैंक तथा वित्तीय संस्थाले अरू कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समयअगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यसप्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिन भित्र स्वीकृत गर्नुपर्नेछ । स्वीकृत हुन नसक्ने भएमा सोको प्रष्ट कारण समेत सम्बन्धित ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था राष्ट्रले गरेको छ ।

राष्ट्र बैंकले साना तथा मझौला क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम बनाउनकै लागि आधार दरम २ प्रतिशत भन्दा धेरै प्रिमियम जोडन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here