महाशिवरात्रीमा पशुपतिपरिसरमा सुरक्षा व्यवस्था कडा गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, २९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

आइतबार महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानका क्रममा मन्त्री किराँतीले यस्तो निर्देशन दिएका हुन् । उनले महाशिवरात्रिमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटिभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन् ।

‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने नाराका साथ सुरु भएको अभियान १ हप्तासम्म चल्ने हो ।

मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए । साथै पशुपति क्षेत्रमा शौचालय व्यवस्थ गर्न भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here