करिव साढे २ अर्ब रुपैयाँले घट्यो बजेटको आकार

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको बजेट झण्डै साढे २ खर्ब रुपैयाँले घटाएको छ । आईतबार प्रतिनिधिसभामा चालु आर्थिक बर्षको बजेटको अर्थबार्षिक समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट घटाएको जानकारी दिए ।

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारेका छन् ।

उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् ।

त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here