चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन वैशाख १० गते गरिने

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम सो निणर्य गरिएको हो ।

यसअघि चितवन(२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारीतथा उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here