काठमाडौं, फागुन १ । नेपाल औषधि लिमिटेडमा महाप्रबन्धक नियुक्ती गरिने भएको छ । कम्पनीको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौंट तथा सिफारिस समितिले नियुक्ति प्रकृया अगाडि बढाएको हो।
सो पदका लागि ३५ देखि ६५ बर्षसम्म उमेर भएकाहरुले आवेदन दिन पाउने छ। आवेदन बुझाउने मिती आजदेअि २१ दिन तोकिएको छ ।
महाप्रबन्धक पदका लागि जनस्वास्थ, फार्मेशी बिषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा स्नातकोत्तर गरेको हुनु पर्छ। त्यस्तै व्यवस्थापकीय नेतृत्व दिएर कम्तिमा पाँच बर्ष काम गरेको पनि हुनु पर्छ।
त्यसैगरी पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने छ र दरखास्त छनौट भएकाहरुलाई मात्र समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाउने छ।























