ओमिक्रोन नियन्त्रण गर्ने ‘बाइभ्यालेन्ट’ खोप काठमाडौं आइपुग्यो

काठमाडौं, १ फागुन । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रण गर्ने फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

सोमबार पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप काठमाडौं आइपुगेको हो । सो खोप टेकुमा भण्डारण गरिने स्वास्थय सेवा विभागले जानकारी दिएको छ ।

साथै आवश्यकता हेरेर केही दिनभित्र अन्य प्रदेशमा पठाइने छ । केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बीएफ ७ फैलिरहेकाले खबरपछी बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here