मंगलबार उपत्यकामा सवारी नचलाउने यातायात मजदुरहरुको घोषणा

काठमाडौं, १ फागुन । यातायात मजदुरहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन पुर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले उक्त घोषणा गरेका हुन् ।

ट्राफिक प्रहरीले अधिकतम जरिवाना लिएको तथा ५ पटकसम्मको कसुरमा पनि लाइसेन्स निलम्बन गरेको भन्दै सवारी साधन बन्द गर्न लागेको बताइएको छ ।

मजदुरहरुले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै सोमबार काठमाडौंको गोंगबुमा सवारीसाधन सडकभरी जम्मा पारेर विरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here