काडमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो।
जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो। मिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए।
बलिङतर्फ नेपालका लागि करण केसीले ५, सन्दीप लामिछानेले ३ र सोमपाल कामी तथा कुशल मल्लले १–१ विकेट लिएका थिए ।