टर्की भूकम्पको भग्नावशेषबाट ८ दिनपछि बालकको जीवितै उद्धार

एजेन्सी । टर्कीमा विनाशकारी भूकम्प गएको ८ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ।

प्रभावित काहरामानमारासमा मंगलवार बिहानै एक बालक र एक पुरुषको उद्धार गरिएको छ । उद्धारकर्ताहरूले एकै परिवारका हजुरआमा, आमा र छोरीको उद्धार गर्ने प्रयास गरिरहेका छन् । अहिलेसम्म भूकम्पका कारण टुर्किये र सिरियामा ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here