कुशल भुर्तेल शतक पूरा गर्ने चौंथो नेपाली क्रिकेटर

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाल र नामिबियाबीचको जारी खेलमा ओपनर ब्याटर कुशल भुर्तेल शतक बनाएका छन् । कुशलले ९९ बलमा ९ चौका र ६ छक्काको सहायतामा शतक पुरा गरे । यो एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो शतक हो।

नेपालका लागि शतक प्रहार गर्ने उनी चौंथो खेलाडी हुन्। पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रन, दीपेन्द्र सिंह ऐरीले १ सय ५ रन र कप्तान रोहित पौडेलले १ सय २६ सहित शतक बनाएका छन्। ओडीआई र टी–२० मा शतक बनाउने भुर्तेल तेस्रो खेलाडी बने। सन् २०२१ मा पिएनजीसँग ओमानमा डेब्यु गरेका भुर्तेलले यसअघि ३ अर्धसतक पूरा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here