टर्कीका भूकम्प पीडितलाई एफएनसीसीआईले पठायो राहत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाउनका लागि महासंघले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत सामग्री पठाएको हो । सामग्रीमा ज्याकेट, ट्राउजर, स्लिपिङ ब्याग, स्यानिटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here