च्याम्पियन्स लिग: घरेलु मैदानमै पीएसजी पराजित

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई घरेलु मैदानमै १–० ले पराजित गरेको छ ।

सन् २०२० को फाइनलका पुनरावृत्तिका रूपमा भएको खेलमा किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल गरे । कोमनले नै तीन वर्ष अगाडिको फाइनलमा पनि निर्णायक गोल गरेका थिए । फ्रान्सेली लिग वान च्याम्पियन पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here