फेरि बैंकिङ प्रणालीमा तरलताको अभाव, दोब्बरले बढ्यो अन्तर बैंक ब्याजदर

काठमाडौं । माघ यता सहज हुँदै गएको बैंकिङ प्रणालीमा फागुन लागेपछि पुनः लगानी योग्य रकमको अभाव हुन थालेको छ ।

राष्ट्र बैंकका अनुसार तरलता अभाव बढेसँगै माघ दोस्रो साता साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशत पुगेको छ । यद्यपि, सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल नै रहेको छ ।

फागुन १ गते बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ । बैंकहरुले कर्जाको माग व्यवस्थापन गर्न एक अर्को बैंकसँग सापटी लिने गर्छन् । यस्तो सापटीमा दिइने ब्याज नै अन्तर बैंक ब्याजदर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here