रास्वपा सांसदको प्रश्न-‘बलात्कार आरोपितले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको अवस्था कस्तो होला ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् ।

बुधवार जारी प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? भन्दै प्रश्न गरेकी हुन्।

यही प्रकरणका कारण पीडितहरुलाई झनै ठूलो मानसिक अवस्थामा धकेल्ने जोखिम बढेको उनको भनाइ थियो। सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?’ उनले भनिन् ।

राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्यीकरण गर्न नमिल्ने भन्दै उनले भनिन्‚ ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? पीडितहरूलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ । आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको मानसिक अवस्था कस्तो होला ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here