स्कटल्यान्ड बन्यो लिग टु च्याम्पियन

काठमाडौं । स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ । नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड आफ्नो ३ खेल बाँकी छँदै च्याम्पियन बनेको हो ।

७ देश सम्मिलित लिग टुमा यो जितसँगै स्कटल्यान्डको ४८ अंक भएको छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलबाट ३७ र चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ ।

पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स (यूएई)ले २६ खेलबाट २७ र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ ।

लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन् । त्यसपछिका चार टिमले विश्वकप छनोटमा पुग्नका लागि पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here