नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५६ कम्पनीको १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको ४८ लाख १५ हजार १२० कित्ता शेयर किनबेच भएका छन् ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत शेयर बजारका माग सम्बोधन नगरेपछि लगानीकर्ता हतोत्साहित हुँदा बजार लगातार ओरालो लागेको हो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज बाराही हाइड्रोपावरका शेयरधनीले गरीमा विकास बैंकका डिबेन्चरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, विजय लघुवित्त ४.७६, महुलि लघुवित्त ४.४८, पञ्चकन्या माइ हाइड्रोपावर, जानकी फाइनानस, नेपाल इन्स्योरेन्स, आइजीआइ इन्स्योरेन्सको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे ५ करोड र एनआइसी एशिया बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here