उपभोक्ताले गरे १ बर्षमा १२ प्रतिशत मूल्यवृद्धिको आंकलन

.
काठमाडौं । नेपालका अधिकांश उपभोक्ताले आगामी १ बर्षमा १२ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ९२ दशमलव ३ प्रतिशत उपभोक्ताले आगामी १ बर्षभित्र मूल्यवृद्धि हुने बताएका हुन् । यस्तै ८४ दशमलव ६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकले गत पुष २४ देखि पुस ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सर्वेक्षण सम्पन्न गरेको थियो । सर्वेक्षणमा २ हजार १० जना उत्तरदाताहरु सहभागी थिए । यस्तै राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ

जसअनुसार सर्वेक्षणमा भाग लिएका उपभोक्ताले ३ महिना पछिको औसत र १ वर्ष क्रमशः १० र १२ प्रतिशत हुने बताएका हुन् । सर्वेक्षण अनुसार खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबका ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।

यता गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here