काठमाडौं । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी कोटा पठाएको छ ।
नेपाल हज समितिले उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले वेव साइट nepalhajj.moha.gov.np मा रहेको आवेदन फारम डाउनलोड गरी आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
चैत ४ गतेभित्र आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता वापत दुई लाख २५ हजार रुपैयाँ बुझाउनु पर्ने हज समितिले जनाएको छ ।