मोलुङ हाइड्रोपावरकाे आइपीओ खुल्यो

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम ८ हजार कित्ताका लागि फागुन १० गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here