कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै, आमाको अवस्था चिन्ताजनक

काठमाडौं । घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

आमाको अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा, टाउको र दाइने साइडमा बढी नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ ।

बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here