नवनियुक्त तीन कुलपतिले लिए शपथ

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नारदमणी हार्तम्छालीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । यस अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here