प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फाइलफोटो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ।

बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here