कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मियालगायत सहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्।

नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।

हाल इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान जारी रहेको हुनाले अल अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सकिनेछ।

अल अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप ७७ रुपैयाँको आकर्षक बोनस समेत पाउनेछन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका थिए।

अल् अन्सारी कुवेत संगको रेमिट्यान्स सम्झौता बारे बोल्दै कोइरालाले अल् अन्सारी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग रेमिट्यान्स सम्झौता गर्न पाउँदा खुशी भएको बताए ।

साथै उनले भने ‘कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिला देखि नै धेरै नेपालीहरुको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ”।

अल अन्सारी एक्सचेञ्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा मात्र ९ वटा शाखा सञ्चालनमा रहेका छन् भने संसारभरी २०० भन्दा बढी शाखा र ३००० भन्दा धेरै कर्मचारी रहेका छन् । कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।

हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी छ । अल् अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनासम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न ६सकिनेछ ।

साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को आकर्षक बोनस समेत पाउने छन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् । इसेवा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै उत्कृष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here