सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here