दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५६ कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँ बढीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज युनिलिभर नेपालका शेयरधनीले सबैभन्दा धेरै ५.९१ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्स ५.५१, सिनर्जी पावर ४.२९, धौलागिरी लघुवित्त ४.२३, लिबर्टी इनर्जी ४.०१, न्यादी हाइड्रोपावर, कालिका पावर, सामलिङ पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर ५ करोड र ङादी ग्रुपको ४ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here