कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ।

तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।

अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

ए, वी, सी र डि लेखिएको हुन्छ जसअनुसार ए ले शुरुको वर्षको पहिलो ३ महिना भन्ने बुझनुपर्छ । त्यसैगरी बी ले अप्रिल, मे र जून महिनालाई संकेत गर्दछ । त्यस्तै सि ले त्यसपछिको ३ महिना र डी ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई बुझाउछ ।

त्यसैगरी सिलिण्डरको घाटीमा लेखिएको १८,१९,२०,२१,२२,२३ र २४ जस्ता अंकले त्यस बर्षसम्म ग्याँसको मिति रहने स्पष्ट रुपले चिन्न सकिन्छ ।

यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ।

यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here