विश्वकप विजेता मेस्सीको पेरिस बसाइ अनिर्णीत

काठमाडौं । विश्वकप विजेता लिओनल मेस्सीको पेरिस बसाइ लम्ब्याउने विषयमा बुबा जर्जले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का व्यवस्थापकसँग गरेको छलफल अनिर्णीत बनेको छ।

डेभिड बेकह्यामले मियामी क्लबको स्थापना गर्दै मेस्सीलाई भित्र्याएर अमेरिकामा आफ्नो ब्रान्ड बनाउने उद्घोष गरेका थिए। जस अनुसार अमेरिकी क्लब इन्टर मियामीले मेस्सीलाई समरमा अनुबन्ध गर्न सक्छ।

गत महिना मियामीका प्रशिक्षक फिल नेभिलले ‘हामी विश्वका उत्कृष्ट खेलाडीलाई क्लबमा ल्याउन चाहन्छौँ। मेस्सी उत्कृष्ट खेलाडी हुन्,’भनेका थिए। पीएसजीले मेस्सीलाई थप दुई वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको गोलडट्कमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here