चन्द्र भण्डारीको अवस्था स्थिर, आज शल्यक्रिया हुने

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतको मुम्बइमा उपचार सुरु भएको र शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ ।

अहिले उनको अवस्था स्थिर रहेको छ । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए । विस्फोटमा घाइते भएकी उनकी आमाको विहीवार बिहान निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here