नबिल बैंकको शेयर मूल्य ५२ हप्तायताकै सस्तो

काठमाडौं । नबिल बैंकको शेयर मूल्य एकवर्षयताकै सस्तो भएको छ । एकवर्ष अगाडि बढेर ११४९ रुपैयाँसम्म पुगेको शेयर मूल्य ६७० रुपैयाँमा झरेको छ । यो मूल्य ५२ हप्तायताकै सस्तो हो।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here