स्कटल्याण्डद्वारा नेपालसामू २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।

स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पूरा गरे।

२४.२ ओभरमा नेपाल १११–६ को अवस्थामा रहेको नेपालले सातौँ विकेटका लागि ८५ रन खर्चेको थियो। त्यस्तै ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्रिड र ब्रान्डन म्याकमुलनले समान २२ रन बनाउँदा म्याक वाटले २० रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

नामिबियामाथि विजय हात पारी स्कटल्यान्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । नेपाल २५ खेलमा २० अंक जोडि सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ११ मध्येको ७ खेल खेल्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here