नेपाललाई झट्का, सस्तैमा गुमायो तीन ब्याट्सम्यान

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।

नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भए ।

साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर र सोही ओभरमा आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट भए। तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here