आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। आगामी २४ घण्टामा तराईका एक/दुई स्थानमा बिहान हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here