डोटीमा जिप दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप ६ जना घाइते भएका छन् । घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here