नाटकीय जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लियो

एजेन्सी । ९० मिनेटपछिको इन्जुरी समयमा नाटकीय रुपमा दुई गोल थप्दै आर्सनल इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले एस्टन भिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । जितमा एस्टन भिल्लाका एमिलियानो मार्टिनेजले ९३औं मिनेटमा आत्मघाती गोल गरेका थिए भने ९८औ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरे । आर्सनलको २३ खेलमा ५४ अंक भएको छ ।

म्यानचेस्टर सिटी २४ खेलमा ५२ अंक बनाएर दोस्रो, म्यानचेस्टर युनाइटेड २३ खेलमा ४६ अंको साथ तेस्रो स्थानमा छ । एस्टन भिल्ला भने २३ खेलमा २८ अंकसहित ११औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here