ब्रोकरले एक पटकमा एउटा मात्रै शाखा खोल्न पाउने, चुक्ता पूँजी १ करोड ५० लाख

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ ।

निर्देशिकामा ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू १ करोड ५० लाखका दरले चुक्ता पूँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती नदिने उल्लेख छ ।

त्यस्तै, काठमाडौँ उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ ।

ब्रोकरले आफ्नो मुख्य कार्यालय रहेको जिल्लामा थप शाखा कार्यालय खोल्न समेत निर्देशिकाले बन्देज लगाएको छ ।

शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्नेछ भने शाखा कार्यालयमा खटाइने कर्मचारीहरुलाई जिम्मेवारी दिनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट, जोखिम व्यवस्थापन, धितोपत्र बजार सम्बन्धी प्रचलित कानून स्थापित संस्था तथा तिनीहरुको काम, कर्तव्य र अधिकार लगायतका विषयमा पर्याप्त जानकारी हुने गरी मुख्य कार्यालयबाट तालिमको व्यवस्थापन हुनुपर्नेछ ।

यस्तै, शाखा कार्यालय खोलिसकेका ब्रोकरहरुको चुक्तापूँजी यो निर्देशिकाको व्यवस्थाअनुसार नपुगेको खण्डमा यो निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र पुर्याउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here