राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद अरुण चौधरी रिहा, रञ्जिताले गरिन् स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएका नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी जिल्ला कारागार कैलाबाट राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।

उनलाई कैलाली कारागारमा माघ २० गते लगिएको थियो । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here