महाशिवरात्रीको भोलीपल्ट यस्तो देखियो पशुपति परिसर (फोटोफिचर)

काठमाडौं । राप्रपा काठमाडौँ क्षेत्र नं १ ले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसर परिसरको सफाइ गरेको छ ।

शिवरात्रीको दिन यत्रतत्र छरिएको फोहोर राप्रपाका नेता, कार्यक्रताले व्यवस्थापन गरेका हुन् । हिन्दू धार्मिक स्थल अत्यन्त फोहोर देखिएको भन्दै राप्रपा नेपालका वरिष्ठ उपध्यक्ष रवीन्द्र मिश्रले आपत्ती जनाएका छन् ।

उनले समाजिक सञ्जालमा फोटो राख्दै भनेका छन् -सन्सारमा सबैभन्दा फोहोर धार्मिक स्थल हिन्दूहरूकै हुन्छ!

शिवरात्रीको भोलीपल्ट – आज – राप्रपा काठमाडौँ क्षेत्र नं १ ले पशुपति परिसरमा सफाइ कार्यक्रम राखेको थियो। त्यहाँ पुग्दा मनै काटियो। जात्राको भोलिपल्ट अलिअलि फोहोर जहाँ पनि हुन्छ। तर यी फोटोमा देखिएको स्तरको फोहोर लज्जाजनक थियो।

सन्सारका विभिन्न देशमा मस्जिद जानोस्, गुम्बा जानोस्, चर्च जानोस्, प्राय सबै अत्यन्त सफा हुन्छ। हिन्दूहरूको मन्दिर जानोस्, अधिकांश ठाऊँमा यस्तै फोहोर हुन्छ। आस्थाको केन्द्र यति विघ्न फोहोर गरेर ‘धर्म’को कुरा गर्न सुहाउँदैन।

मठमन्दिर कसरी सफा राख्ने भनेर सिक्न टाडा जानु पर्दैन। भारतकै ‘कयौँ’ प्रमूख हिन्दू धार्मिक स्थलहरू अत्यन्तै सफा हुन्छन्। उनीहरूले कसरी व्यवस्थापन गर्दा रहेछन्, त्यत्तिमात्र बुझे पनि पुग्छ।

उनले पशुपति क्षेत्र विकास कोषलाई सल्लाह दिँदै भनेका छन्,अर्को पटकदेखि फोहोर व्यवस्थापनको विषय शिवरात्रीभन्दा पहिले नै सोच्नुहोस् र योजनावद्ध रूपबाट काम गर्नुहोस्। धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।

तस्विर: रवीन्द्र मिश्रको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here