फेरि उकालो लाग्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । केही दिनदेखि लागातार ओरालो लागेको सुनको भाउ आज पुन: बढेको छ । साताको पहिलो दिन आइतबार तोलामा ७ सय रुपैयाँ बढेको छ।

आइतबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रवार सुन ५ सय घटेर १ लाख २ हजार ५ सय रुपैयाँ प्रतितोला भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदी प्रतितोला १२ सय ९० रुपैयाँ छ।शुक्रवार १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here