सन्दीप र गुल्सन यूएईले भ्रमण गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखला गुमाउने छन् ।

सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने भएका हुन् । गुल्सन यू–१९ का कप्तान हुन् । नेपालसँगै घरेलु टिम यूएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । फेब्रुअरी २७ मा पपुवा न्युगिनी विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here