दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर युटुबको नम्बर १ ट्रेन्डिङमा

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

आइतवार २:३० बजेसम्म १० लाख बढी भ्यूज र ४५ हजार लाइक पाएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here