कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। शनिबार बैंक सञ्चालक समितिले गुरुङलाई चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो।

यसअघि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएर काम गरिसकेका गुरुङसँग म्यानमारको सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको अनुभव छ ।

अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here