केदार श्रेष्ठको निर्देशनमा बेथिति विरुद्धको गीत ‘छुकछुक छुकछुक’ (भिडियो)

काठमाडौं । केदार श्रेष्ठको निर्देशन,जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सुरज पण्डितको स्वर रहेको गीतमा संगीत संयोजनमा आभास श्रेष्ठको रहेको छ ।

मल्लाज प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्य, अदिति आचार्य लगायत कलाकारको अभिनय छ ।

भानुभक्त थापा निर्माता रहेको भिडियोका छायांकार सम्पादन प्रतीक सिंह हुन् ।

केदारले भिडियोलाई कलात्मक शैलीमा ढालेका छन्। गीतमा देशमा भएको बेथितिले गर्दा लाखौँ युवा वैदेशिक रोजगारीका लागि विदेशीन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरूद्ध आवाज उठाउन आह्वान समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here