लिग वान: मेसीको निर्णायक गोलले पीएसजीको रोमाञ्चक जित

काठमाडौं । पीएसजीले लिग वानको खेलमा लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार घरेलु मैदानमा सम्पन्न खेलकोो इन्जुरी समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै लियोनल मेसीले गोल गरेपछि तीन अंक निश्चित गरेको हो ।

खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here