सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान नजिक

काठमाडौं । सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन् । विकेटको शतक पूरा गर्नबाट २२ विकेटले पछाडि रहेका सन्दीपले अबका १० खेलमा २२ विकेट लिएमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलरको विश्व कीर्तिमान बन्नेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ३३ खेलमा सन्दीपको विकेट संख्या ७८ पुगेको छ । अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने बलरको कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा रहेको छ । उनले ४४ खेलमा विकेटको शतक पुरा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here