तीन सुरक्षा निकायको घेराभित्र एसईई प्रश्नपत्र छपाई

काठमाडौं । आइतबारबाट यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here