पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिन्थे।

२०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्राडा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए। नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरुलाई आन्दोलनमा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको छ।

विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here