दोल्ती पावरको आइपीओ आजबाट, आयोजना प्रभावित र वैदेशिक रोजगार प्राथमिकतामा

काठमाडौं, ८ फागुन । दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आजबाट प्राथमिक सेयर निष्कासन सुरु गरेको छ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता छुट्याएको छ । जसमध्य १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुको हिस्सा हुनेछ। फागुन २५ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् ।

१० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

त्यस्तै आयोजना प्रभावितहरुबाट पर्याप्त आवेदन नपरेको अवस्थामा भने चैत ७ गते सम्म आवेदन मिती लम्बाइने छ । वैदेशिक रोजगारीमा गएकाहरुले भने फागुन २५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here